महेश चौलागाईं
१२ दिन लामो अन्योलपछि नेपाल तरुण दल जुम्लाको जिल्ला अधिवेशनले जन्माएको विवाद अन्ततः साम्य भएको छ।
पार्टी नेतृत्वको औपचारिक अनुमोदनसँगै हेम बुढथापाको अध्यक्षतामा गठित कार्यसमितिले वैधानिकता प्राप्त गरेको छ।
तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बुधबार बुढथापा नेतृत्वको कार्यसमितिलाई अनुमोदन गरिएको जानकारी दिँदै पत्र पठाएका हुन्।
पत्रमा स्पष्ट उल्लेख छ– अधिवेशनमार्फत निर्वाचित जिल्ला कार्यसमिति, केन्द्रीय पार्षद र महाधिवेशन प्रतिनिधिहरूलाई सर्वसम्मत रुपमा चयन गरिएकोले स्वीकृति प्रदान गरिएको हो।
तर पछिल्ला दिनमा नेपाली कांग्रेसभित्र शेखर कोइराला र शेरबहादुर देउवा समूहबीच देखिएको शक्ति सन्तुलनको संघर्षले तरुण दल जुम्लालाई द्वन्द्वमा पारेको थियो। शेखर पक्षले संजिव रावलको नेतृत्वमा समानान्तर समिति गठन गरेपछि विवाद झनै तीव्र बनेको थियो।
अब भने पार्टी नेतृत्वको अनुमोदनपछि विवादको अन्त्य भएको छ। अध्यक्ष बुढथापाले असन्तुष्ट पक्षलाई समेट्दै संगठनलाई अघि बढाउने अठोट व्यक्त गरेका छन्। उनका अनुसार नेपाली कांग्रेसको भातृ संगठनको इतिहासमा जुम्लामा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन भएको हो।
‘अब समावेशी र सहमतिमा आधारित नेतृत्वमार्फत सांगठनिक पुनः जागरणमा केन्द्रीत हुनेछौं,’ बुढथापाले प्रतिक्रिया दिए।



नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया