बिएल संवाददाता
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच डल्लुस्थित झलनाथ निवासमा भेटवार्ता भएको छ।
झन्डै डेढ घण्टा चलेको भेटघाटमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन तथा आजको सन्दर्भमा वर्ग बनोट र वर्ग संघर्षका विभिन्न रूपहरूबारे व्यापक छलफल भएको बताइएको छ।
साथै नेपालको वर्तमान राष्ट्रिय अवस्था, कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू, देशभक्त राजनीतिक शक्ति र अन्य राजनीतिक पक्षहरूको विश्लेषण गर्दै क्रान्तिकारीहरूको राष्ट्रिय कार्यभारमा समेत गम्भीर विमर्श गरिएको थियो।
श्रेष्ठले आफ्नो पार्टी स्थायी कमिटीको हालैको एकता प्रस्तावबारे जानकारी गराउँदै सहकार्यको अपिल गरेका थिए। झलनाथ खनालले पनि कम्युनिस्ट र वामपन्थी पार्टीहरूको एकता र सहकार्यमा आफूपनि सकारात्मक रहेको स्पष्ट पारेका छन्।
भेटवार्तामा नेपालमा भइरहेको ऐतिहासिक राजनीतिक परिवर्तनको संरक्षण गर्दै समृद्ध नेपाल निर्माण र वैज्ञानिक समाजवादको स्थापना दिशातर्फ अघि बढ्न कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता माथि विशेष जोड दिइएको छ।
यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया