सोमबार, ११ अगस्ट २०२५

‘मदन भण्डारी फाउन्डेसन’ पार्टीले बनाएको होइनः ओली

News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको ‘मदन भण्डारी फाउन्डेसन’ पार्टीले बनाएको आधिकारिक संस्था नभएको बताएका छन्।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्धारा आयोजिक कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले विद्यापक्षको पछिल्ला गतिविधि हेर्दा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अन्यौल रहेको बताए।

उनले भने,‘…अब त्यसको आगामी दिनमा के हुन्छ, त्यो हेर्नुपर्ने अवस्थाचाहिँ बनेको छ। कसरी जान्छ त्यो भन्ने कुराको। त्यसका पदाधिकारीहरूका अभिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दाखेरी कसरी जाने हो त्यो भन्ने कुराचाहिँ अन्यौल छ।

०००

०५० साल जेठ ३ गते तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगामा निधन भएपछि ०५५ सालमा मदन पत्नी विद्यादेवी र एमाले अध्यक्ष ओलीकै पहलमा फाउन्डेसनको स्थापना भएको हो।

०००

हाल फाउन्डेसनको नेतृत्व मदनकी जेठी छोरी उषाकिरणले गरेकी छन्। 
फाउन्डेसनले जननेता मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’को विचार, दृष्टिकोणबारे बहस–विमर्श चलाउँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ, जस्ताको त्यस्तै—

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो। मनमोहन प्रतिष्ठान पार्टीले बनाएको हो। अरु प्रतिष्ठान पनि पार्टीले बनाएको छ। र, कतिपय पार्टीले बनाउँछ, पछि व्यक्तिका हुन्छन्। त्यस्तो खालको परिपाटी हुनुहुँदैन। हाम्रा संस्थाहरू एकदमै सामुहिक हुनुपर्छ, समूहका संस्था हुनुहुँदैन। मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, अर्को ढंगले आफैं बनाएको हो त्यो। 

जतिबेला मदन–आश्रित दिवस बनाउन नपाइने, श्रद्धाञ्जली दिन नपाइने, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो! पर्सी जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेखिने र प्रकाशित हुने भयो। त्यसो गरेपछि हामीले एउटा संस्था बनायौँ। मदन स्मृति प्रतिष्ठान त्यसरी जन्मिएको हो। तर त्यो पार्टीप्रति, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको हो। यत्ति हो, मदन भण्डारीका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार नदेखाउनेहरूको ग्रिपमा नगएको मात्रै हो। 

त्यो पार्टीको पक्षमा हो, आन्दोलनको पक्षमा हो। अब त्यसको आगामी दिनमा के हुन्छ, त्यो हेर्नुपर्ने अवस्थाचाहिँ बनेको छ। कसरी जान्छ त्यो भन्ने कुराको। त्यसका पदाधिकारीहरूका अभिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दाखेरी कसरी जाने हो त्यो भन्ने कुराचाहिँ अन्यौल छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!