बिएल संवाददाता
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने तयारी गरेका छन्।
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याइएका खतिवडाले पार्टीभित्रै र बाहिरबाट चौतर्फी दबाबपछि राजीनामा दिने मुड बनाएका हुन्।
पार्टीको निर्देशनपछि रामहरिले सम्भवतः आज र भोलिमै राजीनामा दिने तयारी गरेको बुझिएको छ।
रामहरिलाई कारबाही गरेपछि छेडखानीमा संलग्न अर्का पात्र नेपाल सरकारका मुख्यसचिवलाई कारबाहीको बाटो खुल्ने भएकाले रामहरिलाई राजीनामा दिन लगाइएको स्रोतले बताएको छ।
कांग्रेसका कतिपय नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेरै खतिवडालाई समितिले नैतिक जिम्मेवार ठहर्याएको र मुख्य जिम्मेवार मानिएका मुख्यसचिवमाथि दवाब बढाउन पनि राजीनामा उत्तम विकल्प हुने सुझाएका बुझिएको छ।
नेताहरूको सुझावपछि देउवाले रामहरिलाई राजीनामा दिन भनिसकेको स्रोतको दाबी छ। उनको राजीनामाका लागि संस्थापनइतरबाट ठूलै दवाब आएको थियो।
स्रोत भन्छ, ‘उहाँ आंशिक दोषी देखिनुभएको सत्य नै हो। उहाँ प्रत्यक्ष संलग्न हुनुहुन्छ भन्ने हामीलाई पनि लाग्दैन। तर, राजीनामा दिँदा उहाँलाई नै नैतिक रुपमा राम्रो हो। उहाँले मार्ग प्रशस्त गरेपछि मुख्य सचिवमाथि पनि दवाब बढ्ने भएकोले सभापतिले राजीनामा दिन निर्देशन गरिसक्नुभएको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया