बिएल संवाददाता
नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जित कर्णले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले दोषी नदेखिएपछि नैतिकता देखाएको भन्दै तारिफ गरेका छन्।
कर्णले कुलिङ अफ पिरियडमा भएको गडबडी अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदनले प्रमुख दोषी नदेखाएपनि सभापति खतिवडाले नैतिकता देखाउँदै राजीनामा दिएको भन्दै प्रशंसा गरेका हुन्।
उनले कुलिङ पिरियडको प्रावधान छेडखानी सत्तारुढ एमाले र स्वार्थमा लिप्त कर्मचारीहरूले गरेको दाबी गर्दै यस्तो कु-कृत्यमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन्।
उनले रामहरि खतिवडाबाट अन्य कांग्रेसी नेता र अन्य दलदेखि लोभी-पापी कर्मचारीसम्मले नैतिकताको पाठ सिक्नुपर्ने बताए।
कर्णले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कुलिङ अफ पिरियड‘ सार्वभौम संसदमाथि गरिएको कृत्यमा को कति जिम्मेवार भन्ने कुरा छानबिन प्रतिवेदनले रामहरि खतिवडालाई प्रमुख दोषी किटान नगरेको अवस्थामा पनि नैतिकता देखाएर राजिनामा दिनुले कांग्रेसभित्र केही निष्ठा,आदर्श र नैतिक बल राख्ने नेता अझैं बाँकि छन् भन्ने पुष्टि गर्छ। सत्ताको नेतृत्व गरेको दल नेकपा एमाले र स्वार्थमा लिप्त सिंहदरबारमा भागदौड गर्ने कर्मचारीको मिलेमतोमा गरिएको यो कु-कृत्यमा संलग्नमाथि कानुन बमोजिम कडा कार्वाही होस्। खबरदार: सार्वभौम संसदमाथि छलकपट कृत्य गर्ने कोही उम्किने कुरा स्विकार्न सकिदैन। माननीय रामहरि खतिवडाबाट अन्य कांग्रेसी नेता र अन्य दलदेखि लोभी-पापी कर्मचारीसम्मले नैतिकताको पाठ सिक्ने शुभ-ज्ञान प्रदान होस्।’
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया