बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन्।
बुधबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले भने, ‘समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको छ। धेरैजसो कारागारमा क्षमताभन्दा बढी कैदीहरू रहेको अवस्था छ।
कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढी लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमी भएको छ। व्यवस्थापनको काम गरिरहेको छौं।’
त्यस्तै उनले सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको र ४० वटा कारागारमा बन्दीहरूलाई सामूहिक मनोसामाजिक परामर्श प्रदान गरिएको जानकारी गराए।
‘सात हजार जना कैदीबन्दीलाई अहिले उत्पादनमुलक काममा लगाइएको छ। त्यसले समयको सदुपयोग हुन्छ। ४० वटा कारागारमा बन्दीहरूलाई सामूहिक मनोसामाजिक परामर्श प्रदान गरिएको छ। विभागबाट ५४ वटा कारागार अनुगमन गरी सुधारका लागि पृष्ठपोषण प्रदान गरिएको छ। दुई हजार ८ सय ५७ जना बन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। १२ वटा कारागारलाई नयाँ र ८ वटालाई पुराना सवारी साधन उपलब्ध गराइएको छ।’
उनका अनुसार कैदीबन्दीहरूको स्वास्थ्य बीमा पनि सुरु गरिएको छ।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया