बिएल संवाददाता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई कारागार स्थानान्तरण गरिएको बताएका छन्।
शनिबार नख्खु कारागार परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन्।
उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो। उपनिर्वाचनका कारण जस्तो देखिन्छ। किनकि जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ बोहोराले भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ । मानव अधिकार आयोगले नै किन भन्नुपर्यो त?’
उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए।
‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो। पछिल्ला कैलालीका कारागारहरूमा जुन घटनाहरू भइरहेका छन् त्यसले के देखाउछ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्यो। त्यो उनीहरूको जिम्मेवारी हो,’ उनले भने।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया