बिएल संवाददाता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई कारागार स्थानान्तरण गरिएको बताएका छन्।
शनिबार नख्खु कारागार परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन्।
उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो। उपनिर्वाचनका कारण जस्तो देखिन्छ। किनकि जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ बोहोराले भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ । मानव अधिकार आयोगले नै किन भन्नुपर्यो त?’
उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए।
‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो। पछिल्ला कैलालीका कारागारहरूमा जुन घटनाहरू भइरहेका छन् त्यसले के देखाउछ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्यो। त्यो उनीहरूको जिम्मेवारी हो,’ उनले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया