बिएल संवाददाता
नेकपा एसनिकट युवा संघ नेपालको केन्द्रीय कोषाध्यक्षमा सर्लाहीका भुवनविक्रम पाण्डे नियुक्त भएका छन्।
झलनाथ खनाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटीको पदाधिकारी तथा कार्यालय समितिको बैठकबाट पाण्डेलाई कोषाध्यक्ष नियुक्त गरिएको हो।
पार्टीभित्रको आन्तरिक विवादबीच युवा संघ नेपालमा समानान्तर कमिटीसमेत घोषणा भएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौँ महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ गराएकै दिन आइतबार झलनाथ खनाल पक्षका युवाले समानान्तर कमिटी घोषणा गरेका हुन्।
समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले गरेका छन्। नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको आरोप लगाउँदै खनाल पक्षले नयाँ कमिटी घोषणा गरेको हो। काठमाडौंमा आयोजित भेलाबाट गठन गरिएको उक्त कमिटीबारे नेतृ रेखा लोप्चनले पार्टी र संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि यस्तो कदम चाल्न बाध्य भएको बताइन्।
साउन १७ मा घोषणा गरिएको रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षले अस्वीकार गर्दै आएको छ।
त्यही कमिटीमा सहसंयोजकका रूपमा समावेश गरिएका सञ्जीव राईले तत्कालै सामाजिक सञ्जालमार्फत उक्त जिम्मेवारी अस्वीकार गर्दै ‘युवा संघको नाममा जारी भएको कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न संघ सम्बद्ध सम्पूर्ण नेताहरूलाई अनुरोध’ गरेको स्पष्ट गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया