बिएल संवाददाता
नेकपा एसनिकट युवा संघ नेपालको केन्द्रीय कोषाध्यक्षमा सर्लाहीका भुवनविक्रम पाण्डे नियुक्त भएका छन्।
झलनाथ खनाल पक्षको युवा संघ नेपालको समानान्तर कमिटीको पदाधिकारी तथा कार्यालय समितिको बैठकबाट पाण्डेलाई कोषाध्यक्ष नियुक्त गरिएको हो।
पार्टीभित्रको आन्तरिक विवादबीच युवा संघ नेपालमा समानान्तर कमिटीसमेत घोषणा भएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौँ महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ गराएकै दिन आइतबार झलनाथ खनाल पक्षका युवाले समानान्तर कमिटी घोषणा गरेका हुन्।
समानान्तर कमिटीको नेतृत्व सञ्जीव राईले गरेका छन्। नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको आरोप लगाउँदै खनाल पक्षले नयाँ कमिटी घोषणा गरेको हो। काठमाडौंमा आयोजित भेलाबाट गठन गरिएको उक्त कमिटीबारे नेतृ रेखा लोप्चनले पार्टी र संगठनका कार्यकर्तामाथि निषेधकारी व्यवहार भएपछि यस्तो कदम चाल्न बाध्य भएको बताइन्।
साउन १७ मा घोषणा गरिएको रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षले अस्वीकार गर्दै आएको छ।
त्यही कमिटीमा सहसंयोजकका रूपमा समावेश गरिएका सञ्जीव राईले तत्कालै सामाजिक सञ्जालमार्फत उक्त जिम्मेवारी अस्वीकार गर्दै ‘युवा संघको नाममा जारी भएको कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न संघ सम्बद्ध सम्पूर्ण नेताहरूलाई अनुरोध’ गरेको स्पष्ट गरेका थिए।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया