बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो हक प्राप्तिका लागि रोएर बस्नु भन्दा लडाई लडेर लिनुपर्ने बताएका छन्।
शनिबार जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठन केन्द्रीय समितिको दोस्रो राष्ट्रिय अधिवशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दलित समुदायको हकहितका लागि संघर्ष गर्न आह्वान गरेका छन्।
उनले जसपा नेपाल पार्टी दलितको हकहितका लागि संघर्षरत रहेको र अगाडि पनि संघर्ष जारी राख्ने बताए। उनले आफूहरूको लडाईमा दलित समुदायलाई साथ दिन आग्रह गरे। उनले अहिलेको परिस्थितीमा रोएर बसे भने अधिकार प्राप्त नहुने बताउँदै सबैले लडेर अधिकार प्राप्ति गर्नुपर्ने जनाए।
अध्यक्ष यादवले लोकतन्त्रमा सबै जनाले समान अधिकार पाउने पर्नेमा देशमा अहिले पनि जाती र समुदायहरूका बीच विभेद कायम रहेको बताउँदै जनता समाजवादी पार्टीले यस परिस्थितीलाई चिरेर सबैलाई समान अधिकार दिलाउने जानकारी दिए।
नेपालमा सबैभन्दा बढी जनसंख्या दलित समुदायको भए पनि अधिकारमा भने सबै भन्दा पिछडिएको दलित समुदाय नै रहेको उनले बताए।
यादवले सबै दलितलाई संगठित भई जसपा नेपालको संघर्षमा साथ दिन आह्वान गरे। उनले मधेश र मधेशमा बसोबास गर्ने सबै जातजाती र समुदायले अधिकार प्राप्त नगरेसम्म आफूहरू लडिरहने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया