बिएल संवाददाता
एमाले सांसद ईश्वरी घर्तीले राेल्पा जिल्लाको सबैभन्दा जेठो क्याम्पस जलजला बहुमुखी क्याम्पसको पूर्वाधार १५ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेकी छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घर्तीले ०६७ सालमा १८ महिनाभित्र काम सक्नेगरी ठेक्का पाएको दिवा निर्माण ड्रागन बिल्डर्स ललितपुरले पटकपटक म्याद थपेर १५ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेको भन्दै कारबाहीका लागि नेपाल सरकारसँग माग गरिन्।
उनले भनिन्, ‘निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न र हस्तान्तरण गर्ने कार्यमा उदासिनता देखाएकाले गम्भीर आपत्ति व्यक्त गर्दै सम्झौता अनुसार निर्माण कार्य तीव्र गतिमा बढाइ हस्तान्तरण गर्ने सुनिश्चितता गर्न र अझै अटेरी गरे कम्पनीलाई कानुनी कारबाही अघि बढाउन सभामुखमार्फत् सरकारसँग माग गर्दछु।’
त्यस्तै, उनले पछिल्लो समय ईलाका प्रशासन कार्यालय विस्तारमा सरकारले तीव्रता दिएकोमा खुसी व्यक्त गर्दै ती कार्यालयमा जनशक्ति अभाव हुन नदिन आग्रह गरिन्।
राेल्पाकाे घर्तीगाउँमा रहेकाे ईलाका प्रशासन कार्यालयमा प्रमुखकाे अभावले सेवा प्रवाह बन्द हुँदा सेवाग्राहीले हैरानी ब्यहाेर्नु परेकाेले दीर्घकालिन समाधान हुने गरी जनशक्तिकाे तत्काल व्यवस्था गर्न उनले सरकारसँग माग गरिन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया