मङ्गलबार, १३ जनवरी २०२६

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गोकुलको कटाक्षः नर्थ कोरिया बनाउन लागेको?

News Image
• • •

एमाले सांसद एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गरेर सरकारले नेपाललाई उत्तर कोरिया बनाउन लागेको आरोप लगाएका छन्।

बिहीबार सञ्चार मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि गोकुलको यस्तो प्रतिक्रिया आएको हो।

गोकुलले आफूले नियमनका लागि प्रविधिको प्रवन्ध मिलाउने र कानुन बनाउने कुरा गरेको भन्दै विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउन नपाउने बताए।

‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउने हैन नि,’ गोकुलले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!