बिएल संवाददाता
पार्टी सभापतिको गल्तीको बोझ पार्टीले बोक्नुपरेको आरोप लगाउँदै रास्वपा छाडेकी सुमना श्रेष्ठले अन्य दलका युवा नेताहरूलाई पनि पार्टी परित्याग गर्ने हिम्मत देखाउन आह्वान गरेकी छन्।
कांग्रेस, एमालेलगायत दलका युवानेताहरूलाई आफ्ना नेताको पूजा गर्न छाडेर कि पार्टी सुधार्न कि पार्टी छाड्न आह्वान गरेकी हुन्।
उनले भनेकी छन्, ‘कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्। आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोरा हो। त्यो किन बोकेर बस्नु हुन्छ? अहिले सहि समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’
त्यस्तै उनले रास्वपा सभापति रवि लामिछानेमाथि आरोप लगाउँदै भनिन्, ‘कहिलै गल्ती नस्विकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने।’
उनले पार्टीमा केन्द्रीय सदस्य ज्वाला संग्रौलाहरूको आफूमाथिको आक्रमणको पनि निन्दा गरेकी छन्।
उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होलाI QUIT. मैले पार्टी छोडें।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया