
बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन्।
कुलमानसंगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङ्गलगायतको टोलीले प्रभावित क्षेत्रहरुको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो।
गत असोज १७, १८ र १९ गते परेको भीषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूको निरिक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भइरहेको बताए।
साथै सरकारले विपद्पछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरू मिलेर अगाडि बढाइने समेत बताए।
पहिरोका कारण इलाम नगरपालिका–१० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए।
उक्त विस्थापित परिवारको अस्थाई आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले ‘सरकार तपाईंहरूको साथमा छ पुनर्स्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइन्छ’ भन्दै आश्वासन दिएका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया