नेपोलीलाई हराउँदै अपराजित युभेन्टसले लिगमा १६ अंकको अग्रता

एपी

डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरी ए को यो सिजन पनि लिग उपाधि रक्षा गर्न बलियो भएको छ।

आइतबार राति भएको खेलमा दोस्रो स्थानको नेपोलीलाई २-१ ले हराउँदै युभेन्टसले आफ्नो अपराजित यात्रा कायम राखेर १६ अंकको अग्रता बनाएको छ।

अत्यान्तै प्रतिस्पर्धात्मक गएरातिको खेलमा युभेन्टसलाई जिताउन मिरलेम पेजानिक र एम्री कानले एक एक गोल गरे। नेपालीका लागि जोसे कलेजोनले गोल फर्काएका थिए।

युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गरेको थियो।

पेजानिकले खेलको २८ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरूवाती अग्रता दिलाए। एम्री कानले ३९ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २-० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा पुनरागमनको प्रयास गर्‍यो। उसका लागि जोसे कलेजोनले ६१ औ मिनेटमा गोल गर्दै खेलमा फर्कउने कोशिश गरेपनि त्यो सफल हुन सकेन ।

खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। खेलको २५ औं मिनेटमा नेपोलीका गोलरक्षक एलेक्स मेरेटले क्रिस्टियानो रोनाल्डोलाई लडाएपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए।

प्राप्त फ्रिकिकमा मिरालेम प्यानिचले गोल गर्दै युभेलाई सुरूवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको २ मिनेट नबित्दै युभेन्टस पनि १० खेलाडीमा सिमित भयो। जानाजान ह्यान्ड गरेको भन्दै रेफ्रीले प्यानिचलाई दोस्रो पहेंलो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए।

नेपोलीले खेलको ८४ औं मिनेटमा खेल बराबरी गर्ने सुवर्ण अवसर पायो ।

फाबियान रुइजको पास रोक्ने क्रममा एलेक्स स्यान्ड्रोले ह्यान्ड बल गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै नेपोलीलाई पेनाल्टी दिएका थिए। तर, लोरेंजो इन्सिगनेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो।

यो जितसँगै युभेन्टसले शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ। लिगको १२ खेल बाँकी रहेको अवस्थामा युभेन्टसले लगातार आठौं पटक लिग जित्ने सम्भावना बलियो बनेको छ।

युभेन्टसको २६ खेलमा ७२ अंक छ। नेपोलीले समान खेलबाट ५६ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-03-04 07:56:39

प्रतिकृया दिनुहोस्