माधव ढुङ्गेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रपतिको भूमिका सकिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक रहेको बताएका छन्।
बीएल नेपाली सेवासँगको विशेष कुराकानीका क्रममा उनले आफू कुनै पनि सर्वोच्च जिम्मेवारी सकिएपछि व्यक्तिले नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न पाउने बताए।
उनले भने, ‘मेरो दृष्टिकोण पूर्व राष्ट्रपति भइसकेका मान्छेहरू एकपटक भएपछि भयो होइन्, जिम्मेवारीमा रहुन्जेल त्यो भूमिका पूरा गर्ने हो, जिम्मेवारी सकिएपछि नागरिकको हैसियतमा अधिकार प्रयोग गर्न पाउँछ भन्ने मान्यता राख्छु। उहाँ राजनीतिमा आउने कुरालाई मैले सकारात्मक रुपमा हेरेको छु। के भूमिकामा आउने भन्ने कुरा पार्टीभित्र छलपल गरेर हुने कुरा हो।’
उनले पार्टीमा अनौपचारिक कुराकानीमा पनि पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन संविधान, कानुन कुनै पनि कुराले नरोक्ने भएकोले राजनीतिक अधिकार प्रयोग गर्न पाउनुपर्ने मान्यता रहेको जिकिर गरे।
उनले भने, ‘पार्टीका साथीहरूसँग अनौपचारिक कुराकानीमा- ‘विद्या भण्डारी राजनीतिमा आउनु उहाँको राजनीतिक अधिकार हो। न संविधानले रोकेको छ न त केही चिजले रोकेको छ, उहाँ आफ्नो राजनीतिक अधिकार प्रयोग गर्न पाउनुहुन्छ‘ भन्ने मान्यता छ। व्यक्तिगत रुपमा म पनि त्यही ठान्छु।’
(प्रस्तुत छ एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग गरिएको कुराकानी)
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया