
बर्लनीमाथिको लिभरपुलको जितसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ।
गएराति बर्नलीमाथि ४–२ सहज जितसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा झार्दै लिभरपुल उपाधि होडमा उभिएको हो।
घरेलु मैदानमा लिभरपुललाई जिताउन साडियो माने र रोबर्टो फिर्मिनोले समान २-२ गोल गरे। बर्नलीका लागि एस्ले वेस्टवुड र जोहान वर्ग गुडमुन्डसनले १-१ गोल गरे।
खेलको छैठौं मिनेटमा एस्ले वेस्टवुडले गोल गर्दै बर्नलीले खेलमा सुरूवाती अग्रता लियो। तर, खेलको १९औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो।
मोहम्मद सलाह र जर्जिन्हो विज्नल्डमको वान टु वान पासमा बर्नलीका गोलरक्षक झुक्किँदा फिर्मिनोले गोल गरेका थिए।
खेलको २९ औं मिनेटमा साडियो मानेले भलीमार्फत सुन्दर गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए।
पहिलो हाफमा २-१ को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो।
खेलको ६९ औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा बर्नलीका जोहानले गोल गर्दै खेलमा फर्कने प्रयास गरे। तर, इन्ज्युरी समयको चौथो मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–२ को सहज जित दिलाए।
लिगमा अब ८ खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७४ अंक छ। समान खेलबाट लिभरपुलको ७३ अंक बनाउँदै सिटीलाई पछ्याइरहेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया