भारतमा बन्न लागेको आइफोन अघिल्लो महिना बजारमा आउने

Agency

भारतमा पहिलोपल्ट नवनिर्मित आइफोन आउँदो महिना बजारमा सार्वजनिक हुने विदेशी मिडिया एजेन्सी रोयटर्सले जानकारी दिएको छ।

विहिबार सार्वजनिक रिपोर्टका अनुसार अगस्टमा आइफोन एक्सआर र एक्सएस बिक्रीका लागि तयार हुने बताइएको छ।

भारतमा बनेको आइफोन विदेशबाट आयातित फोनभन्दा सस्तो हुने बताइएको छ। भारत स्मार्टफोन बिक्रीमा विश्वको ठूलो बजार मानिन्छ। तर, महंगो मूल्यका कारण भारतमा आइफोनको बजार १ प्रतिशत मात्र छ।

भारतीय बजारमा आइफोनको बिक्रीलाई बढाउने उद्धेश्यले फोक्सकोन कम्पनीले भारतमै आइफोनको निर्माण गर्न लागेको हो। भारतमा निर्मित आइफोन एक्सआरको मूल्य ५६ हजार भारतीय रुपैयाँ हुने र एक्सएस १ लाखमा खरिद गर्न सकिने अनुमान लगाइएको छ।

भारतले आइफोन आयात गर्दा भन्सार शुल्क २० प्रतिशत लगाउँदै आइरहेको छ।

 

प्रकाशित मिति: : 2019-07-12 22:07:33

प्रतिकृया दिनुहोस्