
अमेरिकाको अलाबामा राज्यमा आएको शक्तिशाली आँधीको कारण भएको भौतिक सम्पत्ति एवम् मानवीय क्षतिको उद्वारकार्यमा कठिनाई भएको छ ।
धेरै क्षेत्रलाई ओगटेको यस क्षतिको उद्वारकार्यमा कठिनाई आएको अधिकारीले जानकारी दिएका छन् ।
उद्धारकार्यमा कठिनाइ आएको हुनाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ। उक्त आँधीको क्षतिको पछिल्लो विवरणअनुसार २३ जनाको मृत्यु भइसकेको छ ।
जर्जिया राज्यको सीमामा पर्ने यस राज्यमा आएको सो आँधीले इटा र रोडाका टुक्रा उडाएको र रुख ढलेका कारण बढी क्षति भएको प्रहरी अधिकारीले जनाएका छन् ।
प्रहरी अधिकारीकाअनुसार यस प्रकोपमा ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । ती बालबालिकामा एकजना छ वर्षे पनि परेका छन् ।
आँधीबाट अति प्रभावित क्षेत्रमा गत आइतबार ड्रोन उडाएर विवरण सङ्कन गरिएको पनि बताइएको छ । त्यसैगरी सोमबार पनि व्यापक खोज तथा उद्वारकार्य गरिएको थियो।
आँधीबाट मानिसका घरमा व्यापक क्षति पुग्नुका साथै घरले थिचेर कैयौँ व्यक्ति घाइते भएका पनि प्रहरी अधिकारीले बताएका छन्। तत्काल उद्वार गरिएका सयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको र केही व्यक्ति निकै गम्भीर अवस्थामा रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान पनि गरिएको छ ।
राष्ट्रिय मौसम विज्ञानसम्बन्धी निकायले निकै शक्तिशाली आँधीले अलाबामाको करिब एक किलोमिटर क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।
आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्वारकर्मीलाई खोज तथा उद्धारका लागि परिचालन गरिएको थियो । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया