सोमबार, २८ जुलाई २०२५

अत्याधुनिक पेस्तोलसहित तीनकुनेबाट एक पक्राउ

News Image
तस्बिरः बिएल
• • •

काठमाडौंको तीनकुनेबाट एक थान अत्याधुनिक पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेमा सांगे शेर्पा रहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले उनको कोठामा छापामारी खानतलासी थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले हतियारसहित शेर्पा पक्राउ परेको पुष्टी गरे।

घटनाका बारेमा अनुसन्धान भईरहेको बोगटीले बिएल नेपालीलाई जानकारी दिए।

सोमबार, जेठ २७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)