काठमाडौं उपत्यकामा चिसो महसुस,यस्ताे छ आगामी तीन दिनको पूर्वानुमान

फाइल तस्बिर: बिएल

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ। चिसो बढ्ने क्रममा छ। 

पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा,पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ। पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्कादेखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ।

मंसीर १२ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमी तथा मध्य भूभाग लगायत पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी तथा मध्य हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै पुर्वी हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ।

राती: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ | हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ।

मंसीर १३ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भूभागमा आंसिक बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: : 2019-11-27 12:50:03

प्रतिकृया दिनुहोस्