बिहिबार, ३१ जुलाई २०२५

ढिलो गरे तर राम्रो गरे

News Image
• • •

सन् २०१४ मा नेपालले बंगलादेशमा आयोजना भएको टि–२० विश्व कप खेलेपछि आम नेपाली क्रिकेट प्रेमीलाई लागेको थियो, अब नेपाली क्रिकेटको दशा र दिशा बदलिने छ। 

तर भयो उल्टो। विश्व कपमा अफगानिस्तान र हङकङलाई पराजित गरि वाहवाही लुटेका कप्तान पारस खड्काले नेपाल फर्किएलगत्तै क्रिकेट संघका पदाधिकारीलाई भ्रष्टाचारको आरोप लगाउँदै अख्तियारमा मुद्धा दायर गरे। 

मल्लको नेतृत्वमा म खेलाडी भएर मैदानमा खेल्न तयार छु: पारस खड्का

पारसले दायर गरेको मुद्धा व्यक्तिगत रुपमा उनका लागि कति फाइदा सावित भयो, यो उनैलाई थाहा हुने विषय हो। तर, नेपाली क्रिकेटको दशा र दिशा यसरी बदलियो, सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले नेपाली क्रिकेटलाई प्रतिबन्ध लगाउने निर्णय नै गर्नुपर्यो।

यसबीच पारसले राष्ट्रिय टोलीको कप्तान र छनोट समितिको भूमिका समेत निर्वाह गरे। क्रिकेट संघका पदाधिकारीलाई भ्रष्टाचारको आरोप लगाउँदा अख्तियारमा उभिएर पारसलाई सहयोग पुर्याएका खेलाडी फितलो प्रदर्शनका बाबजुद टिममा लामो समय टिके।

केरूङ–काठमाडौं रेल १५–२० वर्षभित्र आउँछः हिरण्यलाल श्रेष्ठ (भिडियो अन्तर्वार्ता)

तर, यति बेला पारसले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा गरेका छन्। उनको राजीनामा लिएर विभिन्न व्यक्तिले विभिन्न कोणबाट व्याख्या गर्ने कोशिश गरिरहेका छन्। तर, विगतको घटनाक्रम पल्टाउने हो भने उनको राजीनामालाई स्वभाविक मान्नु पर्छ। यो बाहेक उनीसँग अर्को विकल्प थिएन।

पारसले राजीनामा दिँदै गर्दा आफ्नो सोशल साइटबाट एउटा सन्देश दिन खोजेका छन्, ‘एउटा नयाँ सुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरूलाई अगाडि बढाउन नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छुँ।’

उनको सन्देशले एउटा कुरा स्पष्ट पारेको छ– उनले क्यानको नयाँ नेतृत्वलाई सहज तुल्याउन राजीनामा गरेका हुन्।

तर, यसले नेपाली क्रिकेटमा नयाँ बहस पनि छेडिएको छ। आफ्नो कप्तानीमा नेपाललाई टि–२० विश्व कप र एकदिवसीय मान्यता दिलाएर वाहवाही लुटेका पारस नेपाली क्रिकेट प्रतिबन्धमा धकेलिँदा त्यसको अपजसका पात्र पनि थिए।

महरा-प्रकरणको साइड इफेक्ट: आलम पक्राउ, नेकपाको 'नरे' कांग्रेसमा सरे !

उनले लगाएको भ्रष्टाचारको मुद्धाका कारण राष्ट्रिय खेलकुद परिषद्ले नेपाली क्रिकेटमा राजनीति गर्ने मौका पायो। नेपाली क्रिकेटमा सिन्को नभाँचेका व्यक्ति रातारात मठाधीश भए।

पारसको ‘सेलिब्रिटी स्टाट्स’ मा रमाएका तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले थुप्रै पल्ट उनीसँग ‘फोटो–सेसन’ नगरेका होइनन्। तर, विशेष अदालतले सन् २०१५ मा क्यानको भ्रष्टाचार मुद्धाको फैसला सुनाउने क्रममा अख्तियार प्रमुखलाई नसियत मात्र दिएन, भ्रष्टाचारमा मुछिएका सबै व्यक्तिलाई सफाई दिने निर्णय गर्यो।

सफाई पाएर फर्किएका क्यान पदाधिकारीले त्यति नै बेला पारसलाई अनुशाषनको कार्यवाही गर्न खोजेका थिए। तर, क्यानको पुरानो कमिटी निर्वाचनमा जानुपर्ने र पुरानो कमिटी दुई चिरामा विभाजन भएका कारण पारसको अनुशाषनको कार्यवाही बीचैमा तुहिएको थियो।

‘चिनियाँ राष्ट्रपतिको अपेक्षा ओबिआरको काम द्रुतगतिमा बढोस्ः बिनोद बिष्ट (भिडियाे सहित)

नेपाली क्रिकेट प्रतिबन्धमा धकेलिएको तीन वर्षको अन्तरालपछि भर्खरै क्यानको निर्वाचन सम्पन्न भएको छ। क्यानको नवनियुक्त समितिमा पारसले नै भ्रष्टाचारको आरोप लगाएका पदाधिकारी पुनः निर्वाचित भएर आएका छन्।

यस्तो अवस्थामा पारसका लागि राजीनामा दिनुबाहेक अर्को नैतिक विकल्प थिएन। तर, उनले राजीनामालाई पनि अन्तर्राष्ट्रिय प्रतिबन्धसँग जोडेर हेर्ने भूल गरे।

उनले आरोप लगाएको कमिटी जुन दिन क्यानको निर्वाचन जितेर पदस्थापन भयो, त्यही दिन पारसले राजीनामा दिएको भए उनको कद बढ्थ्यो। तर, उनले आइसिसीको फुकुवासम्म कुरेर बस्ने भूल गरे।

पारस नेपाली टिमका कप्तान मात्र होइनन्, नेपालले अहिलेसम्म जन्माएको केही अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडीभित्र पर्छन। त्यसैले उनले कप्तानको भूमिकाबाट आफूलाई अलग तुल्याएपनि क्यान नेतृत्वले खेलाडीको रुपमा उनीबाट अत्याधिक लाभ उठाउन सक्नुपर्छ। यसले क्यान नेतृत्वको उदारता पनि प्रमाणित हुनेछ।

मंगलबार, आश्विन २८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)