दुई नाबालक सन्तान र ठूलो धनराशी बोकेर फरार भएकी युनाइटेड अरब इमिरेट्स (युएई) को राजपरिवारकी एक रानी हाया बिन्त अल(हुसेन लण्डनमा लुकेर बसेको दावी अन्तर्राष्ट्रिय मिडिया बिबिसीले गरेको छ।
बीबीसीले श्रीमान छोडेपछि आफ्नो ज्यान खतरामा परेको महसुस गरेकी रानी हाया अल–हुसेनले विद्यार्थीको परिचय बनाएर बेलायत प्रवेश गरेको बताएको छ।
४५ वर्षीय हायाले सन् २००४ मा दुबईका शासक शेख मोहम्मद अल मकतुमसँग बिहे गरेकी थिइन्। उनी शेखकी छैठौँ र ुकान्छीु श्रीमति हुन्।
उनी जोर्डनी राजाकी सौतेनी बहिनी हुन् र उनले बेलायतको अक्सफोर्डबाट उच्च शिक्षा लिएकी थिइन् ।
राजकुमारी हाया सुरुमा दुबईबाट भागेर जर्मनी पुगेकी र त्यहीँ शरण मागेको बताइएको छ । उनी सुरक्षित वासस्थानको खोजीमा लण्डन पुगेको दावी गरिएको छ।
अहिले उनी लण्डनमा बसेर कानुनी लडाईको तयारी गरिरहेकी छिन् ।
२३ जनाको शेख परिवारबाट राजकुमारी हायामाथि दबाव बढ्दै गएपछि उनले असुरक्षित महसुस गरेर दुबई छोडेको बताइएको छ ।
युएईले उनलाई फर्काउन बेलायतलाई दबाव दिएको खण्डमा दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने आँकलन गरिएको छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया