बेलायतमा रहेका दुई नेपालीका लागि घरपछाडि लगेर सुँगुर काट्नु महंगो सावित भएको छ ।
विल्टसायरको पेनहिलस्थित घरपछाडिको बगैचामा दुईवटा संगुर काटेबापत उनीहरूले १६१० बेलायती पाउण्ड जरिवाना तिर्नु परेको छ ।
यस्तो सजाय पाउने नेपालीको नाम केशर राना र आशिष लिम्बु रहेको स्विन्डन बरो काउन्सिलले जनाएको छ ।
सुँगुर काटेको उजुरी छिमेकबाट पाएपछि बरोका वातावरणीय स्वास्थ्य अधिकारी त्यहाँ पुग्दा दुईवटा सिंगै सुंगुर भेटिएको थियो । एक स्वास्थ्य अधिकारीका अनुसार एउटा सुंगुर झिंगा भन्किएको अवस्थामा भेटिएको थियो ।
सुरूमा त राना र लिम्बूले सजायबाट बच्न सकिन्छ कि भनेर वेल्सको फार्मबाट सुँगुर काटेर ल्याएको बताएका थिए । तर, स्वास्थ्य अधिकारीहरूले उनीहरूको कुरामा विश्वास गरेनन् र सुँगुरको पोष्टमर्टम नै गरे ।
यसरी पोष्टमर्टम नै गरेपछि भने उनीहरूले मिडस्टोनमा आयोजना हुन लागेको एउटा भोजका लागि सुंगुर काटेको स्वीकारेका थिए ।
बेलायत बधशालामा बाहेक अन्य स्थानमा जीवजन्तु काटमार गर्न निषेध छ । उनीहरूले त्यही कानुनको उलंघन गरेकाले महंगो जरिवाना तिर्नुपरेको हो ।
यसैबीच यो घटनालाई लिएर स्थानीयबासीले बरोको आधिकारिक फेसबुक पेजमा रोष पनि प्रकट गरेका छन् । उनीहरूको यो कार्यबाट नेपाली समाजलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनेको फेसबुक पेजका प्रतिक्रियाबाट सजिलै अनुमान गर्न सकिन्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया