बेलायती प्रधानमन्त्रीलाई गेसोको बधाई तथा शुभकामना
लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाइ र शुभकामना दिएको छ।
गेसो सभापति कृष्णकुमार राईले विज्ञप्तिमार्फत बधाई दिँदै जोन्सनको कार्यकालमा गोर्खाहरुका मुद्दा हल गराउने विषयमा समेत अवगत गराएको छ।
गेसोले बोरिस नेतृत्वलाई बेलायत सरकार, नेपाल सरकार र गोर्खा सम्मिलित त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको १३ बुँदे प्रतिवेदनको जगमा भूतपूर्व गोर्खाहरुको समस्या सम्बोधन हुनुपर्ने माग समेत गरेको छ।
‘एउटा उच्च विकसित राष्ट्र वेलायतको प्रधानमन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बोरिस जोन्सनलाई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) हार्दिक बधाई ज्ञापन गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको जारी समस्याहरुको हल गरेर बेलायतलाई नयाँ बाटो र उज्यालो देखाउनु हुनेछ भन्नेमा सबैले आशा गरेका छन्, उहाँलाई शुभकामना दिन चाहन्छौं। उहाँले आफ्नो कार्यकालमा बेलायती सेनाको अभिन्न अंगको रुपमा रहेको गोरखा भूतपूर्व सैनिकहरुको समस्याहरु सम्बोधनको निम्ति ठोस कदम चाल्नु हुनेमा हामी आशावादी छौं।’
बेलायत भ्रमणको बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी प्रधानमन्त्रीसमक्ष ‘त्रिपक्षीय सम्झौताको पुनारावलोकन’ प्रस्तावमा नवनिर्वाचित प्रधानमन्त्री सकारात्मक हुनेमा गेसोले विश्वास लिएको छ।
त्रिपक्षीय प्राविधिक समितिको प्रतिवेदन अनुसार गोर्खाको समस्या सम्बोधनसँगै गोर्खाको विषयमा पनि बेलायत र नेपालबीच दुई देशस्तरीय सम्झौताका निम्ति गेसोले अनुरोध गरेको छ।
आजको बेलायत निर्माणमा गोर्खाहरुको धेरै ठूलो योगदान र बलिदान रहेको स्मरण गराउँदै गेसोले प्रधानमन्त्री जोनसनको कार्यकालमा यसको उचित मूल्याङ्कन हुनेमा आशावादी रहेको बताएको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया