थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ ।
थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन् । थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिए । स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ ।
पछिल्लो सैन्य कारबाहीका क्रममा शंकास्पद १३ जना विद्रोही पक्राउ परिसकेको सेनाले जनाएको छ । सैनिक प्रवक्ता प्रमोत प्रोमिनले आमहत्यामा कम्तीमा ३० देखि ४० जना संलग्न रहेकाले अन्यको खोजी व्यापक बनाइएको बताए । उक्त आक्रमणका बारेमा कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया