थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ ।
थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन् । थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि बढाएको जानकारी दिए । स्वायत्तताको माग राखी याला प्रान्तमा वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ ।
पछिल्लो सैन्य कारबाहीका क्रममा शंकास्पद १३ जना विद्रोही पक्राउ परिसकेको सेनाले जनाएको छ । सैनिक प्रवक्ता प्रमोत प्रोमिनले आमहत्यामा कम्तीमा ३० देखि ४० जना संलग्न रहेकाले अन्यको खोजी व्यापक बनाइएको बताए । उक्त आक्रमणका बारेमा कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया