क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । अर्को वर्ष संसदको निर्वाचन हुनुअघि हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ ।
हालका बहालवाला राष्ट्रपति कोलिन्डा ग्राबर–किटारोभिकलाई प्रधानमन्त्रीको सत्तारुढ दल एचडीजेडको समर्थन प्राप्त छ, र उनि पनि दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नेछन् ।
युरोपेली संघको पहिलो महिला सरकार प्रमुख समेत भएकी ५१ वर्षीया पूर्व कुटनीतिज्ञ कोलिन्डा नै चुनावी मतसर्वेक्षणमा अग्रस्थानमा छिन्।
उनिका मुख्य प्रतिस्पर्धीमा पूर्व समाजवादी प्रजातान्त्रिक प्रधानमन्त्री जोरान मिलानोभिक रहेका छन् । साथै यस चुनावमा लोकप्रिय लोकगायक मिरोस्लाब स्कोरो पनि स्वतन्त्र उम्मेदवारका रुपमा रहेका छन् र उनलाई दक्षिणपन्थीहरुको समर्थन प्राप्त छ ।
डिसेम्बरको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा आगामी जनवरी ५ मा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ ।
क्रोएसियामा राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ र संविधान अनुसार यो पद आलङ्कारिक हो । राष्ट्रपति मुलुकको सेनाको सर्वोच्च कमान्डर रहेका साथै विदेश नीति निर्माणमा राष्ट्रपतिले सहयोग गर्ने प्रचलन छ ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया