इटालीको भेनिसमा बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।शहरमा करिव ६ फिटसम्म पानी जमेकाले सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
अर्बौं रकम लगानीका भव्य भवन तथा भौतिक पूर्वाधारमा बाढीको असर परेको छ। केन्समा पनि थुप्रै चर्च, पसल तथा कम्प्लेक्समा बाढीले नोक्सान पुर्याएको छ।
विश्व सम्पदा सूचिमा रहेका महत्वपूर्ण स्थानहरुमा पनि बाढीले प्रभावित पारेको बताइएको छ। कतिपय ऐतिहासिक संग्रहालयहरु बन्द गराइएको सरकारी अधिकारीहरुले जनाएका छन्।बाढीका कारण सरकारले भेनिसमा संकटकाल घोषणा गरेको छ ।
प्रधानमन्त्री गिसेप्पे कोन्त्रेले बाढीको विपद्लाई आफ्नो मुलुकको ‘मुटुमै ठूलो झट्का’ लागेको प्रतिक्रिया दिएका छन्।
बाढी प्रभावित सहरका मेयरहरुले बाढी पीडितलाई २० हजार यूरोका दरले क्षतिपुर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया