इटालीको भेनिसमा बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।शहरमा करिव ६ फिटसम्म पानी जमेकाले सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ ।
अर्बौं रकम लगानीका भव्य भवन तथा भौतिक पूर्वाधारमा बाढीको असर परेको छ। केन्समा पनि थुप्रै चर्च, पसल तथा कम्प्लेक्समा बाढीले नोक्सान पुर्याएको छ।
विश्व सम्पदा सूचिमा रहेका महत्वपूर्ण स्थानहरुमा पनि बाढीले प्रभावित पारेको बताइएको छ। कतिपय ऐतिहासिक संग्रहालयहरु बन्द गराइएको सरकारी अधिकारीहरुले जनाएका छन्।बाढीका कारण सरकारले भेनिसमा संकटकाल घोषणा गरेको छ ।
प्रधानमन्त्री गिसेप्पे कोन्त्रेले बाढीको विपद्लाई आफ्नो मुलुकको ‘मुटुमै ठूलो झट्का’ लागेको प्रतिक्रिया दिएका छन्।
बाढी प्रभावित सहरका मेयरहरुले बाढी पीडितलाई २० हजार यूरोका दरले क्षतिपुर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया