अस्ट्रेलियामा स्कट मोरिशनद्वारा ३१औँ प्रधानमन्त्रीको रूपमा सपथग्रहण

अस्ट्रेलियामा लिबरल नेता स्कट मोरिशनले ३१औँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्।

मे १८ मा भएको निर्वाचनमा लिबरल–नेशनल गठबन्धनलाई विजयी बनाउँदै उनी प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि सत्तामा फर्किएका हुन्। 

उनीसँगै मन्त्रिमण्डलका २२ सदस्यले पनि सपथग्रहण गरेका छन्। 

गभर्नर जेनेरल पिटर कोसग्रोभको राजधानी क्यानबेरास्थित सरकारी निवासमा उनीहरूले सपथ लिएका हुन्। गभर्नर कोसग्रोभ अस्ट्रेलियाका राष्ट्रप्रमुख तथा बेलायतकी महारानीका प्रतिनिधि हुन्।

बर्तमान मोरिशन सरकारमा वरिष्ठ पदमा रहेका प्राय सबै मन्त्रीहरू आफ्नो पुरानै कार्यालयमा फर्किएका छन्। तर, आदिवासी मामिलाको जिम्मेवारी भने अस्ट्रेलियाली इतिहासमै पहिलो पटक आदिवासी पृष्ठभूमिकै केन वायटले पाएका छन्। नेशनल पार्टीकी उप-नेत्री ब्रिजेट मकेन्जी कृषिमन्त्रीका रूपमा सरकारमा सामेल भएकी छिन्।  

अस्ट्रिलियामा दक्षिणपन्थी लिबरल गठबन्धन लेबर गठबन्धनलाई लगातार तेस्रोपटक पाखा लगाउँदै सत्तामा फर्केको छ। 

को को भए मन्त्री ? 

स्कट मोरिशन- प्रधानमन्त्री तथा सरकारी सेवामन्त्री
माइकल मकोर्म्याक- उपप्रधानमन्त्री  
मारिस पेइन- विदेश तथा महिलामन्त्री
जोस फ्राईडेनबर्ग- ट्रेजरर
पिटर डटन- गृह मामिला मामिलामन्त्री 
डेभिड कोल्म्यान- नागरिकता, आप्रवासी सेवा र बहुसांस्कृतिक मामिलामन्त्री
ग्रेग हन्ट-स्वास्थ्य मन्त्री 
मथियास कोर्म्यान- अर्थमन्त्री 
ड्यान टिहान- शिक्षामन्त्री
ब्रिजेट मकेन्जी- कृषिमन्त्री
केन वायट- आदिवासी मामिलासम्बन्धी मन्त्री
मेलिसा प्राइस- रक्षा उद्योगमन्त्री
सुसन ले - वातावरणमन्त्री
एलन टज- जनसङ्ख्या, सहर र संरचना मन्त्रालय 
पौल फ्लेचार- सूचना तथा सञ्चारमन्त्री
क्रिस्चियन पोर्टर- महान्याधिवक्ताको कार्यालय तथा औद्योगिक सम्बन्धमन्त्री

 

 
 
 
 

 

प्रकाशित मिति: : 2019-05-30 02:44:51

प्रतिकृया दिनुहोस्