जसले भलिबलमा ऐतिहासिक सफलता दिलाए (भिडियो अन्तर्वार्ता)

‘प्लेइङ सेट’ का ९ खेलाडी परिवर्तन गरेर महिला भलिबलमा इतिहास रचेपछि

नवीन अर्याल

काठमाडौं, पुस १

आफ्नो प्रशिक्षणमा महिला भलिबललाई साग गेम्समा ऐतिहासिक उपलब्धी दिलाएका प्रशिक्षक जगदीश भट्ट विगत ८ महिनादेखि घर गएका थिएनन्। उनी बाह्रै घण्टा महिला टिमसँग हुन्थे। उनले आफ्नो बाबुको बर्खी बारिरहेको बेला पनि नेपाली टिमलाई छोड्न मानेनन्।

उनको अनवरतको सिकाई तथा खेलाडीहरूको मिहिनेतका कारण नेपालले साग गेम्सको १३ औं संस्करणमा आएर ऐतिहासिक रजत जित्न सफल भयो। फाइनलमा निकै बलियो मानिएको भारतलाई कडा टक्कर दिएपनि अन्ततः रजतमा चित्त बुझायो।

कुनै बेला खेलाडीको रुपमा देशको प्रतिनिधित्व गरिसकेका जगदीश युवा तथा लगनशील प्रशिक्षक मानिन्छन्। उनले महिला टिमको नेतृत्व लिएपछि नेपाली चेलीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको छ।

नेपालले १३ औं सागमा प्रतिनिधित्व गर्नुअघि बंगलादेशमा एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको थियो। उनले ‘प्लेइङ सेट’ का ९ जनासम्म खेलाडी परिवर्तन गरेका थिए।

यसले उनलाई दबाब र चुनौति दुबै थपिएको थियो। युवा खेलाडीलाई बढी मौका दिएको भन्दै उनको धेरै आलोचना पनि भएको थियो। तर, १३ औं सागमा उनले तयार पारेको महिला खेलाडीले जुन नतिजा प्राप्त गरे, यसले आलोचना गर्नेको मुख पनि थुनिएको छ।

साग गेम्समा महिला भलिबललाई ऐतिहासिक सफलता दिलाउन सफल उनै प्रशिक्षकसँग बिएल नेपाली सेवाले गरेको भिडियो अन्तर्वार्ता यस प्रकार रहेको छ।

प्रकाशित मिति: : 2019-12-18 10:51:20

प्रतिकृया दिनुहोस्