जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एडिसन भाेली सार्वजनिक गर्ने

जगदम्बा मोटर्सले भोलि बिहीबार पोखरामा टीभीएस एनटर्क रेस एडिसन सार्वजनिक गर्ने भएको छ।

पोखरास्थित टीभीएस बाइक तथा स्कुटरको डिलर बतास ब्रदर्स सोरुममा गरिने एनटर्क रेस एडिसनको सार्वजनिक ब्राण्ड एम्बेसडर तथा नायिका स्वस्तिमा खड्काले गर्ने जगदम्बा मोटर्सले जनाएको छ।

एनटर्क रेस एडिसनमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड लाइट अर्थात आकष्मिक बत्ति पनि रहेको छ। जसलाई रातो रङको हजार्ड स्विचद्वारा इनेबल गर्न सकिन्छ। स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिक्ससँगै ‘रेस एडिसन’ले यसको रेसिङ पेडिग्रीलाई झल्काउँछ।

सो स्कुटर विभिन्न तीन कलर अप्सनमा उपलब्ध छ। यसको मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ तोकिएको छ।

एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ। यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।

यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ।

प्रकाशित मिति: : 2020-01-02 05:27:37

प्रतिकृया दिनुहोस्