बिएल संवाददाता
लायन्स क्लब अफ धनगढी ग्रिन सिटीले कैलालीको त्रिनगर भन्सार नाकामा भारतीय पर्यटकलाई आज स्वागत गरेको छ । छिमेकी राष्ट भारतबाट नेपाल भ्रमणका लागि आएका लायन्स क्लब अफ लखिमपुर खिरिका पदाधिकारीलाई नाकामा स्वागत गरिएको हो ।
पर्यटकलाई धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, लायन्स क्लब अफ धनगढी ग्रिन सिटी र कैलाली उद्योग वाणिज्य सङ्घका पदाधिकारीले संयुक्त रुपमा नेपाली ढाका टोपी र खादा ओढाएर स्वागत गरेका हुन् ।
भारतबाट नेपाल भ्रमणमा आएकाले कैलालीका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलका साथै डडेल्धुराको प्रसिद्ध पर्शुराम धाम र पहाडी जिल्लामा परेको हिमपातको अवलोकन गर्ने बताइएको छ । टोली डडेल्धुराका लागि प्रस्थान हुने जनाइएको छ । स्वागतका क्रममा उपप्रमुख भट्टले नेपाल र भारतको सम्बन्ध निकै पुरानो रहेको बताउँदै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणबाट भारतीय पर्यटकले धेरै कुराहरु जान्ने र सिक्ने बताउँनुभयो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया