बिएल संवाददाता
लायन्स क्लब अफ धनगढी ग्रिन सिटीले कैलालीको त्रिनगर भन्सार नाकामा भारतीय पर्यटकलाई आज स्वागत गरेको छ । छिमेकी राष्ट भारतबाट नेपाल भ्रमणका लागि आएका लायन्स क्लब अफ लखिमपुर खिरिका पदाधिकारीलाई नाकामा स्वागत गरिएको हो ।
पर्यटकलाई धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्ट, लायन्स क्लब अफ धनगढी ग्रिन सिटी र कैलाली उद्योग वाणिज्य सङ्घका पदाधिकारीले संयुक्त रुपमा नेपाली ढाका टोपी र खादा ओढाएर स्वागत गरेका हुन् ।
भारतबाट नेपाल भ्रमणमा आएकाले कैलालीका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलका साथै डडेल्धुराको प्रसिद्ध पर्शुराम धाम र पहाडी जिल्लामा परेको हिमपातको अवलोकन गर्ने बताइएको छ । टोली डडेल्धुराका लागि प्रस्थान हुने जनाइएको छ । स्वागतका क्रममा उपप्रमुख भट्टले नेपाल र भारतको सम्बन्ध निकै पुरानो रहेको बताउँदै यहाँका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणबाट भारतीय पर्यटकले धेरै कुराहरु जान्ने र सिक्ने बताउँनुभयो ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया