बिएल संवाददाता
कार्यक्रममा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कुनै पनि संस्था वा व्यवसायको ब्राण्ड स्टोरीले जुनसुकै प्रोडक्टहरू उपभोक्तासामू पुर्याउन निकै ठूलो मद्धत पुग्ने बताए।
‘यो ब्राण्ड भन्ने चिज ओभरनाइट बन्ने चिज होइन। एउटा व्यक्ति बन्नलाई कति गाह्रो हुन्छ। जन्मेर नमरेसम्म व्यक्ति बन्नका लागि एउटा ठूलो योगदान गर्नुपर्ने हुन्छ, त्यस्तै ब्राण्ड बन्नका लागि पनि धेरै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ’, अधिकारीले भने।
कुनै पनि ब्राण्ड बन्नका लागि व्यक्तिले आफ्नै कामले र समाजले उसका कामको मूल्याङ्कनबाट मात्र सम्भव हुन्छ। समाजमा मान्छेले गरेका क्रियाकलापले नै उसको पर्सनालिटी बन्ने भन्दै अधिकारीले कुनै पनि संघ संस्थाको ब्राण्ड पर्सनालिटी पनि त्यही हिसाबले बन्ने स्पष्ट पारे।
‘हामी संसारमा एप्पल भन्छौ। त्यो यतिकै बनेको ब्राण्ड होइन। यसको पनि जन्म, हुर्काइ, बढाइ र आम सोसाइटीमा त्यसले छोडेको प्रभावले इमेज क्रिएट गर्छ। जब इमेज क्रिएट गरिसक्छ। त्यसले प्रोडक्ट सेलमा धेरै ठूलो मद्धत गर्छ। जस्तो एपलले कुनै एउटा नयाँ प्रोडक्ट ल्यायो भने त्यसको मार्केटिङ गर्नै पर्दैन एप्पलको भन्दिए भइहाल्यो’, उनले भने, ‘अहिले संसारमा ब्राण्डको मूल्याङ्कन कति छ। त्यो ब्राण्डले कुन पोजिसनमा समाजमा काम गरेको छ भन्ने कुरा लेखाजोखा गर्छ। यसैको आधारमा उसले उपभोक्तालाई आकर्षण गर्छ।’
नेपालमा अहिलेसम्म कुन ब्राण्डको मूल्य कति छ भनेर हिसाब नभएको दाबी गर्दै उनले जुन ब्राण्डले समाजमा राम्रो छाप छोडेको छ। त्यसैले आफ्नो उत्पादजहरू उपभोक्तासामू पुर्याउन निकै सहज भएको बताए।
नेपाल टेलिकम एउटा स्ट्रङ ब्राण्ड भए पनि अझै आम मानसमा कसैले नेपाल टेलिकम, कसैले एनटिसी, कसैले दूरसञ्चार मात्र भन्ने गरेको बताए।
उनले सय वर्षभन्दा बढीको इतिहास बोकेर आएको सबैभन्दा बलियो र स्थापित संस्थालाई ब्राण्ड स्टोरी महत्वपूर्ण हुने तर्क गरे।
उनले सबै उपभोक्ताको भावनासँग जोडिनका लागि ब्राण्ड स्टोरीले थप सहयोग पुग्ने उनले विश्वास लिए।
उनले आफ्नो ब्राण्डलाई पनि अन्तर्राष्ट्रिय लेभलमा मार्केटिङ गर्नका लागि यो अवसर सबैभन्दा उत्तम भएको तर्क गरे।
सय वर्षदेखि आम पब्लिकमा रहेको आफ्नो इमेजलाई बचाइराख्न समयसापेक्ष गरेका परिवर्तवबारे उपभोक्तालाई जानकारी गराउन र आफूलाई अझै नजिक बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
‘हामीले सुनेको छौ। नोकिया भन्ने एकदमै ठूलो ब्राण्ड हो। जसले पब्लिकलाई बुझ्न नसक्दा पछि परेको छ। उसले फेरि अब आफ्नो गुमेको ब्राण्ड भ्यालुलाई क्रिएट गर्न खोजिरहेको छ। त्यही भएकाले हामीजस्तो टेक्नोलोजिको क्षेत्रमा काम गर्नेले टेक्नोलोजीलाई अझै विस्तार गर्दै आम उपभोक्ताको इच्छा चाहना र आकांक्षालाई कसरी सम्बोधन गर्ने भन्ने निरन्तरता दिन यो उत्तम थलो हुनेछ,’ उनले भने।
आफ्नो ब्राण्डलाई विकास गर्न र उपभोक्ताले खोजेका इच्छा र आकांक्षालाई पुरा गर्न निरन्तर खटिरहनूपर्ने भन्दै उनले कुनै पनि दिन निर्णय प्रक्रियामा त्रूटि हुने बित्तिकै प्रविधिका कम्पनीहरू कुनै पनि बेला कोल्याप्स हुने बताए।
यस्तो अवस्थामा ब्राण्डलाई सुरक्षित बनाउन समयसापेक्ष आफूलाई परिचित गराउँदै लानुपर्ने समय आएको उनले बताए।
‘यो एक आफैंमा ब्राण्ड हो। तर राष्ट्रको सञ्चार भन्ने स्लोगन भएकाले राष्ट्रको सुरक्षालाई पनि सम्बोधन गरेको छ। लिपुलेकमा कुनै सर्विस छ भने नेपाल टेलिकमको सिडिएमएको सेवा छ। हामी लिपुलेक होस वा दक्षिणमा भारतीय सीमा क्षेत्र नै किन नहोस् सबैलाई एकै ठाउँमा जोड्नका लागि हाम्रा सेवाबारे अवगत गराउनुपर्ने हुन्छ’, उनले भने,‘ यी क्षेत्रमा पनि समयअनुसारका सेवा र सुविधा पुर्याउनुपर्छ।’
यो ब्राण्डलाई अझै बलियो बनाउनका लागि आम उपभोक्ता, नेपाली जनता र नेपाल र सरकार र सम्बन्ध निकाय सबैको उत्तिकै महत्वपूर्ण हुनाले नेपाल टेलिकम आफ्नो ब्राण्ड प्रमोसनका लागि सधै अपेक्षा गर्ने उनले बताए।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया