अत्यधिक बर्षाका कारण अङ्गोलामा ४१ जनाको मृत्यु

एजेन्सी

लुआन्दा

अत्यधिक बर्षाका कारण अङ्गोलामा यस हप्ताको सुरुमा ४१ जनाको मृत्यु भएको छ। गृहमन्त्री एगेनीयो केसर लबोरिन्होले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो समयमा आएको अत्यधिक वर्षापछि भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो। 

राष्ट्रिय नागरिक संरक्षण आयोगको पहिलो बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अत्यधिक वर्षापछिका विभिन्न घटनाका कारण अरु धेरै जना प्रभावित भएको जानकारी दिए। वर्षासँगै आएको बाढीले घरहरुसँगै विभिन्न भौतिक संरचनाहरुमा क्षति पु¥याएको छ भने, कृषिजन्य उत्पादन समेत नष्ट गरिदिएको छ।

वर्षाका कारण विद्युत सेवा, खानेपानी वितरण प्रणाली, सडक सञ्जाललगायत अवरुद्ध भएका छन्। यसले आर्थिक बृद्धिद्धरमा समेत असर पारेको गृह मन्त्री केसरले बताए।

मन्त्री केसरका अनुसार बाढीले देशको राजधानी लुआन्दा, विए, बेङगुएला, हुआम्बो, कुअन्जा नोर्ट, कुअन्जा सुल, लुन्डा सुल र नोर्ट, मलङ्गे, नामिब, उइगे र जाइरलगायतका क्षेत्र बढी प्रभावित भएका छन्।  

देशभर २५ सय परिवार बाढीबाट प्रभावित भएको सरकारी विवरणमा उल्लेख गरिएको छ। त्यसैगरी ३७८ घर क्षतिग्रस्त भएको, ९७५ घर जलमग्न भएको, १२ चर्च भत्किएको र ४ ओटा पुल पनि क्षतिग्रस्त भएको सरकारी विवरण छ।
 

प्रकाशित मिति: : 2020-01-11 04:55:17

प्रतिकृया दिनुहोस्