
एजेन्सी
इटालियन सिरि ए फुटबलमा युभेन्टसले महत्वपूर्ण जित निकालेको छ। चौथो स्थानको रोमामाथि २–१ को जित निकाल्दै युभेन्टसले दोस्रो स्थानको इन्टरमिलानमाथि दुई अंकको अग्रता लिएको छ।
आईतबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा पुनरागमन गरेको हो।
रोमाको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै मेरी दिमिरालले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।
त्यसको सात मिनेटपछि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोली युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए ।
रोमाका डिएगो पेरोट्टीले ६८ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरे। उनले पेनाल्टीमा गोल गरेका थिए। तर, बाँकी समयमा थप गोल गर्न नसक्दा रोमा पराजित हुन पुग्यो ।
रोनाल्डोले सिरि एमा चालू सिजन १४ गोल गर्दै सर्वाधिक गोलको दोस्रो स्थानमा उक्लिएका छन्। लिगमा लाजियोका काइरो इमोबिलले २० गोल गरिसकेकका छन्।
जितसँगै शीर्ष स्थानको युभेन्ट्सले १९ खेलबाट ४८ अंक जोडेको छ ।
दोस्रो स्थानमा झरेको ईन्टर मिलानसँग स्पष्ट २ अंकको अग्रता लिएको हो। रोमा ३५ अंक सहित तालिकाको पाँचौ स्थानमा छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया