सोमबार, २८ जुलाई २०२५

नेपाली क्रिकेटका लागि सुखद खबर, आईसीसीले टि–२० विश्व कपमा देशको संख्या बढाउँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) ले २०२३–३१ सम्म टि–२० विश्व कपमा देशको कोटा बढाउन सक्ने सम्भावना रहेको छ। बेलायती मिडियाका अनुसार आईसीसी टि–२० विश्व कपमा टिमको संख्या १६ बाट २० पुर्याउने अभियानमा विचार विमर्शमा व्यस्त छ। 

दि टेलिग्राफ पत्रिकाको अनलाइन संस्करणमा भनिएको छ, फुटबल र बास्केटबलको स्तरमा क्रिकेटको ख्यातीलाई विश्वव्यापी गर्ने अभियानमा आईसीसीले विकल्पमा विचार गरिरहेको छ। 

आइसीसीले २०२३ सम्म विश्व कपको टिम संख्या २० पुर्याए त्यसको अर्को वर्ष नै २०२४ मा विश्व कप हुनेछ। आईसीसी वार्षीक रूपमा एउटा बृहत प्रतियोगिताको आयोजना गर्ने सोचमा पनि छ। आईसीसीले अमेरिकालाई ठूलो बजारको रूपमा लिएको छ। जसमा क्यानडा, जर्मनी, नेपाल र नाइजेरियालाई पनि यसमा सहभागी गराउने प्रयासमा छ। 
 
 

मंगलबार, पौष २९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!