आइतबार, २६ अक्टोबर २०२५

‘शब्द चयनमा होसियार रहन’ खामेनीलाई ट्रम्पको चेतावनी

एजेन्सी

एजेन्सी

काठमाडाैं
News Image
• • •

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’ चेतावनी दिएका छन्। 

'पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्दहरू’ बोलेका छन्,'शुक्रबार खामेनीद्वारा प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दहरूप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

ट्रम्पले भने,'खामेनीको सम्बोधनमा प्रयोग भएको भाषा उत्तेजित थियो। खामेनीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘अमेरिकाको सेवक’ भनेर गम्भीर गल्ती गरेका छन्।' 

ट्वीट सन्देशमा भनिएको छ,'इरानको अर्थतन्त्र धराशायी भएको छ र त्यहाँका नागरिक पीडित छन्। नेतृत्वमा रहेका नेताले आफ्नो भाषा ९शब्द० प्रयोगमा होशियारी नअपनाएमा यसको नतिजा उनीहरू आफैले भोग्नुपर्नेछ।'

शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिदमा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका बताएका छन्। प्रवचनमा इरानी नागरिकलाई राष्ट्रियताको रक्षाका लागि एक गर्न आग्रह गर्दै अमेरिकालगायत यूरोपेली केही मुलुकको नाम लिएरै आलोचना गरेका थिए।

सर्वोच्च नेता खामेनीले तेहरानमा गरेको सम्बोधनमा विमान खसालिनु तीतो यथार्थ भएको र यसले हरेक इरानी नागरिकको मन जलेको बताउँदै तर यसैको आवरणमा केही शक्तिले इरानी विशेष बलका मेजर जनरल कासिम सुलेमानीको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका भन्दै यसमा सबै इरानीले सचेत बन्नुपर्नेमा जोड दिएका थिए। 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!