भारतलाई अस्ट्रेलियासँग बदला लिने अवसर, निर्णायक एकदिवसीय आज 

भारत र अस्ट्रेलियाबीच तेस्रो तथा निर्णायक एकदिवसीय शृंखला आज आइतबार भारतको दक्षिणी शहर बेङ्लुरुमा हुँदैछ। एस चिन्नास्वामी रंगशालामा आयोजना हुने यो शृंखलाअन्तर्गत यसअघिको खेल १–१ को बराबरीमा छ। भारतलाई अस्ट्रेलियाविरूद्ध छैटौं पल्ट शृंखला जित्ने अवसर छ। दुबै देशबीच अहिलेसम्म ११ द्धिपक्षीय शृंखला भएको छ। जसमा भारतले ५ मा जित र ६ मा पराजय भोगेको छ। 

गत वर्ष भारतमा भएको शृंखला कंगारु टोलीले ३–२ ले जितेको थियो। 

यति बेला भारतलाई शृंखला बराबरी गर्ने मात्र होइन, गत वर्षको बदला लिने अवसर पनि जुरेको छ। 

शृंखलाअन्तर्गत मुम्बईमा भएको पहिलो खेल अस्ट्रेलियाले १० विकेटले जितेको थियो। राजकोटमा भएको दोस्रो खेलमा पुनरागमन गर्दै भारत ३६ रनले विजयी भयो। 

आजको खेलमा भारतीय टिम परिवर्तन हुन सक्ने सम्भावना छ। अस्ट्रेलिया भने पुरानै टिम लिएर मैदानमा उत्रिने सम्भावना प्रबल छ। 

भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन र रोहित शर्मा दोस्रो एकदिवसीयमा चोटग्रस्त भएका थिए। उनीहरूको फिटनेशको विषयमा नयाँ जानकारी बाहिर आएको छैन। 

यस्तो अवस्थामा लोकेश राहुल र केदार जाधव टिममा फर्किने सम्भावना छ। चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाविरूद्ध भारतले ७ मध्ये ४ खेल जितेको छ। २ खेल अस्ट्रेलियाले र एक खेलको नतिजा निस्किएको थिएन। पछिल्लो पल्ट भएको खेलमा भने अस्ट्रेलियाले २१ रनले भारतलाई हराएको थियो। 


 
 

प्रकाशित मिति: : 2020-01-19 23:03:12

प्रतिकृया दिनुहोस्