बिएल संवाददाता
शीर्षस्थानमा रहेको युभेन्ट्सले सिरि एमा साँघुरो जित निकालेको छ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले पर्मालाई २–१ गोल अन्तरले हराएको हो। युभेन्ट्सको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। यता एन्ड्रियास कार्नेलियसले पार्माका लागि एक गोल फर्काए।
रोनाल्डोले ४३ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। कार्नेलियसले ५५ औं मिनेटमा हेडमार्फत गोल गर्दै पार्माका लागि बराबरी गोल फर्काए।
त्यसको तीन मिनेटपछि पाउलो ड्याबालाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गर्दै २–१ को जित दिलाए।
जितसँगै युभेन्ट्सले दोस्रो स्थानको ईन्टर मिलानसँग ४ अंकको अग्रता बनाएको छ। युभेन्ट्सको ५१ अंक छ। पराजित पर्मा २८ अंक सहित सातौं स्थानमा छ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया