ए डिभिजिन लिग: संकटा र ब्रिगेड ब्वाइजले अंक बाँडे

ए डिभिजिन लिग: संकटा र ब्रिगेड ब्वाइजले अंक  बाँडे

शहिद स्मारक ए डिभिजिन लिगमा संकटा क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा र ब्रिगेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

दुवै टोलीले पाएको अवसर गुमाउँदा खेल बराबरीमा सकिएको हो। 

ब्रिगेडसँगको बराबरीसँगै आठौं स्थानको संकटाले ७ खेलमा ९ अंक जोडेको छ।

नवौं स्थानमा रहेको ब्रिगेडले ७ खेलमा ८ अंक जोडेको छ। 

प्रकाशित मिति: Jan 20, 2020 14:31:11

प्रतिक्रिया दिनुहोस

सबै