बिएल संवाददाता
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्।
बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले मागेको २२ लाख धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भएको प्रहरीले बताएको छ। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
जिल्ला अदालतस्रोतका अनुसार उनीविरुद्धका १० मुद्धा दर्ता भएका छन्।
गत सोमबार विपद प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको छलफल कार्यक्रमबाट निस्किने क्रममा उनी सिंहदरबारको गेटबाट पक्राउ परेका थिए।
उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा अरुण अर्यालले दिएको ५ लाख २५ हजार रुपैयाँको चेक बाउन्सको उजुरीका आधारमा पक्राउ परेका थिए।
उक्त मुद्धामा जिल्ला अदालतले मंगलबार ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लगत्तै उनी अदालत परिसरबाटै पक्राउ परेका थिए। उनीमाथि बाँकी ९ वटा मुद्धामा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।
तामाङ गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया