बिहिबार, ३१ जुलाई २०२५

‘डेब्यू’मै कुशल मल्लले बनाए विश्व कीर्तिमानी अर्धशतक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

युवा अलराउन्डर कुशल मल्लले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत काठमाडौंमा भएको दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्धशतकीय इनिङ खेलेका मल्ल सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।

कुशल आज १५ वर्ष ३ सय ४० दिनका छन्। कुशलले अमेरिकासँग ४९ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाएका हुन्।

यसअघि गत वर्ष रोहित कुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका थिए।

रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए। जुन ओडीआई क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने कीर्तिमान रचेका थिए।

उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए। यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए।

आजको खेलमा कुशलले रोहितकै ठाँउमा टोलीमा मौका पाएका थिए।

आइतबार, माघ २६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)