घोडाघोडीमा भेटियो लोपोन्मुख चरा, साइबेरियन चरा पनि स्थायीरूपमै बस्‍न थाले (तस्वीर कथा)

कैलाली। जलवायु परिवर्तन, विषादीको प्रयोग र बढ्दो अतिक्रमणका कारण चराको आहारामा कमी हुन गई वंश नै विनाश हुँदा चराका केही प्रजाति लोप हुने अवस्थामा पुगेका छन्। यसरी लोप हुने अवस्थामा पुगेका केही चरा पछिल्लो समय विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पाइन थालेका छन्।

सरकारी तथा निजी क्षेत्रबाट संरक्षण, सम्वर्द्धन गर्नुका साथै विषादीमुक्त अभियान थालिएपछि लोपोन्मुख चराका लागि घोडाघोडी ताल सुरक्षित वासस्थान बन्दै गएको हो। पछिल्लो समयमा विश्वव्यापीरूपमै लोपोन्मुखको सूचीमा परेको सुनौलो तोप चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराको मुख्य वासस्थान रहेको पुष्टि भएको छ।

ताल क्षेत्रमा सुनौलो तोप चराका साथै राजधनेस, राज लहाँचे चरा पनि भेटिन थालेपछि चरा संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीहरू उत्साहित भएका छन्।

प्रकाशित मिति: : 2020-02-18 23:51:37

प्रतिकृया दिनुहोस्