बिएल संवाददाता
चेल्सी स्टार एन गोलो कान्टे तीन हप्ता मैदान बाहिर रहने भएका छन्।
मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले खुट्टाको चोटका कारण आफ्ना मिडफिल्डर तीन साता मैदान बाहिर रहने पुष्टि गरेका हुन्।
कान्टेले गत सोमबार म्यान्चेष्टर युनाईटेडबिरुद्वको खेलमा चोट बोकेका थिए। सो खेलमा चेल्सी २–० ले पराजित बनेको थियो।
कान्टेले तीन हप्ताको अन्तरमा ६ लिग खेल र कप खेल गुमाउनेछन्। लण्डन क्लब चेल्सीले अर्को साता च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ।
चेल्सीले शनिबार लण्डन डर्बीमा टोटेनह्यामसँग खेल्दैछ। चेल्सी प्रिमियर लिगको चौथो स्थानमा छ।
यस्तै, लिभरपुलले एफ ए कपको पाँचौ चरणमा चेल्सीलाई आतिथ्यता प्रदान गर्दैछ। यस्तै वर्नेमाउथ र एभर्टनसँग समेत तीन हप्ताभित्र चेल्सीले खेल्नेछ।
कान्टेले यस सिजन चोटबाट निकै पिरोलिएका छन्। उनले लिगका २६ खेल मध्य १६ खेलमा मात्र खेल्न पाएका छन्। यसअघि उनले सन् २०१६ मा लेस्टरबाट प्रिमियर लिगको उपाधि जितेका थिए। लगत्तै अर्को सिजन चेल्सीबाट सो उपलब्धी हात पारेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया