शुक्रबार, ०२ जनवरी २०२६

आहा रारा गोल्डकपको विजेताले १० लाख १ हजार पाउने

News Image
• • •

मोफसलको फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ। आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै १८ औं संस्करणको प्रतियोगिको पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको हो। 

पोखरा रंगशालामा फागुन २२ देखि चैत १ गतेसम्म हुने हुने प्रतियोगिको विजेताले १० लाख १ हजार प्राप्त गर्दा उपविजेताले ५ लाख १ हजार पाउने छन्।

प्रतियोगितामा ए डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितामा ए डिभिजनका साविक विजेता थ्री स्टार र उपविजेता त्रिभुवन आर्मीसहित मनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वाईज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्ने छन्। यस्तै झापा–११, भारतको गान्टोक सिटी फुटबल क्लब, भारत र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!