बिएल संवाददाता
मोफसलको फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको पुरस्कार राशीमा वृद्धि गरिएको छ। आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै १८ औं संस्करणको प्रतियोगिको पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको हो।
पोखरा रंगशालामा फागुन २२ देखि चैत १ गतेसम्म हुने हुने प्रतियोगिको विजेताले १० लाख १ हजार प्राप्त गर्दा उपविजेताले ५ लाख १ हजार पाउने छन्।
प्रतियोगितामा ए डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा ए डिभिजनका साविक विजेता थ्री स्टार र उपविजेता त्रिभुवन आर्मीसहित मनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वाईज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्ने छन्। यस्तै झापा–११, भारतको गान्टोक सिटी फुटबल क्लब, भारत र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया