बिएल संवाददाता
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको १ हजार खेलको कोशेढुंगा पार गर्दैछन्।
इटालियन सिरी ए अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदान उत्रदै रोनाल्डोले सिनियर फुटबलमा १ हजार औं खेलको कोशेढुंगा पुरा गर्ने लागेका हुन् ।
म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट पाँच पटक युरोपियन च्याम्पियन्स लिगको ट्रफि उचालेका रोनाल्डोले पोर्चुगललाई २०१६ को युरो कप र २०१९ को नेसन्स लिग जिताउन कप्तानी प्रदर्शन गरेका थिए।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले हालसम्म ९ सय ९९ खेल खेलिसकेका छन्। उनले क्लबबाट ८ सय ३५ खेल खेल्दा राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन्। जसले उनले ७ सय २४ गोल गरेका छन् ।
रोनाल्डोले करियरको पहिलो क्लब स्पोर्टिङ लिस्बनबाट ३१ खेल खेलेका थिए ।
रोनाल्डो सन् २००३ मा इंग्लिस कल्ब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका थिए। उनले उक्त कल्बमा २ सय ९२ खेल खेले । युनाइटेडमा ६ वर्ष बिताएपछि रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रियलमा करिब ९ वर्ष विताएका रोनाल्डो सन् २०१८ मा युभेन्ट्स गएका हुन् ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया