बिएल संवाददाता
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको १ हजार खेलको कोशेढुंगा पार गर्दैछन्।
इटालियन सिरी ए अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदान उत्रदै रोनाल्डोले सिनियर फुटबलमा १ हजार औं खेलको कोशेढुंगा पुरा गर्ने लागेका हुन् ।
म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट पाँच पटक युरोपियन च्याम्पियन्स लिगको ट्रफि उचालेका रोनाल्डोले पोर्चुगललाई २०१६ को युरो कप र २०१९ को नेसन्स लिग जिताउन कप्तानी प्रदर्शन गरेका थिए।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले हालसम्म ९ सय ९९ खेल खेलिसकेका छन्। उनले क्लबबाट ८ सय ३५ खेल खेल्दा राष्ट्रको लागि १ सय ६४ खेल खेलेका छन्। जसले उनले ७ सय २४ गोल गरेका छन् ।
रोनाल्डोले करियरको पहिलो क्लब स्पोर्टिङ लिस्बनबाट ३१ खेल खेलेका थिए ।
रोनाल्डो सन् २००३ मा इंग्लिस कल्ब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका थिए। उनले उक्त कल्बमा २ सय ९२ खेल खेले । युनाइटेडमा ६ वर्ष बिताएपछि रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रियलमा करिब ९ वर्ष विताएका रोनाल्डो सन् २०१८ मा युभेन्ट्स गएका हुन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया