बिएल संवाददाता
कप्तान लिओनल मेसीको एकपक्षिय प्रर्दशनमा बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा १६औं स्थानको इबरलाई ५–० गोल अन्तरले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।
बार्सिलोनाका लागि कप्तान मेसीले एक्लैले ४ गोल गरेका थिए। यस्तै अर्थरले एक गोल थपे।
मेसीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए। उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरे। इभान राकिटिकको पासमा एइबारका ४ जना डिफेन्डरलाई चलाखीपूर्वक छलाउँदा मेस्सीले हलुका प्रहारमा निकै सुन्दर गोल गरेका थिए।
त्यसपछि खेलको ३७ औं र ४०औं मिनेटमा मेसीले लगातार २ गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए।
दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्यो। खेलको ८७ औं मिनेटम मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए। त्यसपछि खेलको ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५-० को जित दिलाए।
जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ। र, रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।
पराजित इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया