बिएल संवाददाता
कप्तान लिओनल मेसीको एकपक्षिय प्रर्दशनमा बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा १६औं स्थानको इबरलाई ५–० गोल अन्तरले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।
बार्सिलोनाका लागि कप्तान मेसीले एक्लैले ४ गोल गरेका थिए। यस्तै अर्थरले एक गोल थपे।
मेसीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए। उनले खेलको १४औं मिनेटमा पहिलो गोल गरे। इभान राकिटिकको पासमा एइबारका ४ जना डिफेन्डरलाई चलाखीपूर्वक छलाउँदा मेस्सीले हलुका प्रहारमा निकै सुन्दर गोल गरेका थिए।
त्यसपछि खेलको ३७ औं र ४०औं मिनेटमा मेसीले लगातार २ गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए।
दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्यो। खेलको ८७ औं मिनेटम मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए। त्यसपछि खेलको ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५-० को जित दिलाए।
जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ। र, रियल मड्रिडलाई २ अंकले पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।
पराजित इबर २४ अंकसहित लिगको १६ औं स्थानमा रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया