
कालिका न्याैपाने
दक्षिण कोरियाको स्थानीय समय अनुसार आइतबार फेब्रुअरी २३ तारिख साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। यस्तै संक्रमित संख्या ६०२ पुगेको छ।
संक्रमित संख्याको करिब ५५ प्रतिशत थेगु शहर स्थित ‘सिन्छन्जी चर्च अफ जिसस’ नामक धार्मिक समुदायसँग सम्बन्धित ब्यक्ति छन्।
अस्वभाविक रूपमा कोरोना भाइरस संक्रमित संख्या देशका बिभिन्न भागहरुमा फैलिएसँगै राष्ट्रपति मुन-जे-ईनले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन तथा संक्रमण नियन्त्रणका लागि भएभरको स्रोत-साधनको उपयोग गर्न निर्देशन दिएका छन्।
८ हजारभन्दा बढी नेपाली रहेको छुङ्छन प्रान्तमा कोरोना भाइरस कै कारण केही कम्पनीहरू धमाधम बन्द हुन थालेका छन्। आफू कार्यरत कम्पनी बन्द भएकोले भाइरसको संत्रास सँगै रोजगारीसमेत गुमेकोले थप तनाब भएको छनानमा कार्यरत साबित्री बोगटीले बिएल नेपाली सेवासँग भनिन्।
यस्तै करीब १५ सय नेपाली रहेको इन्छनमा कार्यरत सुन्दर घर्तिमगरको ब्यथा पनि उस्तै छ। आफ्नो कम्पनी बन्द नभए पनि काम भने ह्वात्तै घटेको र आफ्नो वरपर रहेका कतिपय साथीहरूको कम्पनी बन्द भएको जानकारी दिए। यस्तो हुनुमा कोरोना भाइरसका कारण चाइनाबाट कच्चा पदार्थको आयात ठप्प हुनु प्रमुख कारण रहे पनि अहिले कोरियामै महामारी फैलिएकाले बन्दा भएको उनको भनाई छ।
हेर्नुहोस् भिडियो
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया