कालिका न्याैपाने
चाइनाको वुहान प्रान्तबाट उग्र महामारिको रूपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसले दक्षिण कोरियालाई समेत ‘रेड अलर्ट’मा पु¥याएको छ।
योन्हाप न्यूज एजेन्सिकाअनुसार फेब्रुअरी २४ तारिख बिहान ८ बजेसम्म भाइरस संक्रमित संख्या ७ सय ६३ पुगेको छ भने मृतक संख्या ७ पुगेको छ।
नेपालीहरु लगायत बिदेशी कामदारहरुको बढी नै जमाघट हुने क्षेत्र आन्सान नजिकैको सिहुङ प्रहरी चौकीमा कार्यरत प्रहरीलाई पनि संक्रमण फेला परेको छ। उक्त प्रहरी चौकीले सम्बन्धित सबै कर्मचारीहरुलाई कार्यालयमा हाजिर नहुन भनिएको छ। स्मरण रहोस् यी प्रहरी गत १५ देखी १७ तारिखसम्म थेगुको भ्रमणमा थिए।
त्यस्तै कोरियन रक्षा मन्त्रालयका अनुसार ११ जना आर्मी अफिसरहरुमा समेत कोरोना भाइरस संक्रमण फेला परेको जनाएको छ भने ७ हजार७ सय जना क्वारेन्टाइनमा छन्। संक्रमितहरुमा नेभी फोर्सबाट १, एअर फोर्सबाट १, तथा मरिन फोर्सबाट १ जना रहेको जनाएको छ। यसरी हेर्दा कोभिड–१९ ले दक्षिण कोरियाको सबै सुरक्षा संयन्त्रमा कार्यरत कर्मचारिहरुमा समेत संक्रमण पु¥याइसकेको छ।
त्यस्तै आज २४ तारिख हुने भनिएको संसदिय बैठक समेतपछि सारिएको छ। ‘मिरेथोङ्हाप्’ पार्टिका नेता सिम–जे–छल पनि कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा पुगेकाले हाल उपचारको क्रममा रहेको जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया