प्रिन्सले युरोपको दुई जुनियर ब्याडमिन्टन सिरिज खेल्ने

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले युरोपको दुई जुनियर सिरिज खेल्ने भएका छन्।  प्रिन्सले नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल र जर्मनीको जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्ने भएका हुन्।

प्रिन्सले सुरुवातमा नेदरल्यान्ड्सको सिरिज खेल्नेछन्। डच सिरिज फेब्रुवरी २६ देखि १ मार्चसम्म हुनेछ। डच सिरिजपछि प्रिन्स जर्मन जाने छन्। जर्मनीको सिरिज मार्च ४ देखि ८ मार्चसम्म हुनेछ।

दुई सिरिजका लागि प्रिन्स मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रिन्सको प्रशिक्षक कमलेस निरौला रहेका छन्। उनी अहिले विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)को जुनियर वरियतामा ११ औँ स्थानमा रहेका छन्। 


 

प्रकाशित मिति: : 2020-02-26 01:57:15

प्रतिकृया दिनुहोस्