कति सुरक्षित छ ओलीको कुर्सी?

देशसञ्चार

काठमाडौं

दिपा दाहाल 

नेकपामा कार्यकारी भूमिकामा रहेका पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई अमेरिकी सुरक्षा तथा सामरिक नीतिकै हिस्सा घोषणा गरेर यसै जारी संसद अधिवेशनमा नै ओली सरकारविरुद्ध उत्रिने घुमाउरो चेतावनी दिएका छन्।

बाग्मती प्रदेशको नेकपा प्रशिक्षण कार्यक्रममा बिहीबार प्रचण्डले एमसीसी अमेरिकी सैन्य नीतिकै हिस्सा भएकाले त्यसलाई पारित गर्न नसक्ने घोषणा गरेर प्रधानमन्त्री केपी ओलीको प्रतिष्ठाको विषयमा आफूलाई स्पष्टरुपमा विरोधी कित्तामा उभ्याएका छन्।

केन्द्रीय सचिवालयमा अत्याधिक अल्पमतमा रहेका ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिद्वारा मनोनीत कोटामा नपारे प्रधानमन्त्री अनुशासन कारवाहीमा पर्न सक्ने खतरा बढिरहेका बेला प्रचण्डले एमसीसी जस्तो नीतिगत विषयमा समेत विद्रोह गर्ने धम्की दिएर नेकपा एकता चर्किसकेको सन्देश दिएका हुन्।

फागुन २१ गते सचिवालय निर्णय अनुसार गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत नगरी अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिइएमा ओली विरोधी समूहको खुला प्रवक्ता गौतम हुने सचिवालयका एक सदस्यको भनाइ छ।

प्रकाशित मिति: : 2020-02-28 20:22:08

प्रतिकृया दिनुहोस्